मुलकोटमा दिगोको चार्जिङ स्टेसन
काठमाडौँ । दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ ।
अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।
दिगो ग्रुपअन्तर्गतको एनईभि नेपालका सिइओ दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होटेल सन्चालक राम हरि पौडेल बाट संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन । ।
अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्रि गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो ।
मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खाना/खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ ।
दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ । रासस