भारतीय जीडीपीमा २० प्रतिशतको उछाल, तर किन चिन्ताजनक ?

काठमाडौँ । यो वर्ष अप्रिलदेखि जुनसम्म(३ महिना)मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २०.१ प्रतिशतको वृद्धि आएको छ । जीडीपीमा आएको यो वृद्धि भारि हो । अर्थात् जीडीपी वृद्धिदरमा देखिएको उछाल हो । भारतका लागि यो नयाँ रेकर्ड हो । र यो भारत अब विश्वमै सबैभन्दा तेज गतिमा आर्थिक वृद्धि गर्दैछ भन्ने तथ्यको संकेत पनि हो ।

कोरोनाको मार भोगेको अर्थव्यवस्थाका लागि र कोरोनाबाट प्रताडित आम मानिसका लागि अनि सरकार र सेयर बजारका लागि पनि यो खुसीको कुरा हो । यस्तो खुसी दिने तथ्य अचानक आएको भने होइन । अधिकांश अर्थशास्त्रीले महिनौंदेखि यस्तै किसिमको खुसीको खबर आउनेवाला छ भनेर भनिरहेका थिए । धेरैजसोको अनुमान थियो– उक्त अवधिमा १८ देखि २२ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर रहनेछ ।

केही दिनदेखि निरन्तर उकालोको यात्रामा रहेको भारतको सेयर बजारका लागि त यो तथ्यांकको निकै ठूलो प्रतिक्षा थियो । आर्थिक वृदिदरको यो तथ्यांक सार्वजनिक भएपछि त झनै सेयर बजार तेजले दौडियो । फलस्वरुप भारतीय सेयर बजार बम्बे एस्टक एक्सचेन्जको सेन्सेक्स (विशिष्ट ३० कम्पनीको सेन्सेटिभिटी र इन्डेक्स) परिसूचक पहिलो पटक ७५ हजार ५ सय ५० को विन्दु पार गरेर ऐतिहासिक उचईमा पुग्यो । त्यस्तै, निफ्टी (भारतको द नेशनल स्टक एक्सचेन्ज फिफ्टी (निफ्टी), ५० विशिष्टकृत कम्पनीको धितोपत्र बजारको मापन गर्ने इन्डेक्स)को पनि उचाइमा रह्यो ।

तर बजारको खुसीको बाबजुद सबभन्दा पहिला यो बुझ्नु आवश्यक छ– अर्थव्यवस्थामा वा जीडीपीमा यो तेज उछालको अर्थ व्यवस्था धेरै तेज गतिमा लयमा फकिँदै छ र कारोबारमा तीव्र उछाल आइसकेको भन्न मिल्दैन ।

जीडीपीमा तीव्र बढोत्तरीको यो तथ्यांकको सबैभन्दा ठूलो काराण भनेको अघिल्लो वर्षको पहिलो त्रैमासमा देशको जीडीपीमा २४.४ प्रतिशतले कमी आएको थियो । अर्थात् देशमा चरम आर्थिक मन्दी छाएको थियो । यसले गर्दा तुलनाका लागि तयार भएको जीडीपी वृद्धिको अघिल्लो वर्षको पहिलो त्रैमासको आधार बिन्दु नै कम भएको थियो । उक्त बिन्दुबाट २० प्रतिशत उछाल भनेको अघिल्लो वर्षभन्दा अघिको वृद्धिदरको तुलनामा अझै ४ प्रतिशत बिन्दुले कमै हुनु हो ।

आर्थिक वृद्धिदरलाई राम्ररी बुझ्ने हो भने भारको जीडीपी आर्थात् देशमा हुने कुल कारोबारको तथ्यांक कस्तो छ भनेर हेर्नु आवश्यक हुन्छ ।
अघिल्लो आर्थिक वर्षको अप्रिलदेखि जुन महिनासम्म भारतको जीडीपीको आधार २६.९५ लाख करोड भारतीय रुपए बराबरको रहेको सरकारले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ । तर, यो वर्ष सोही अवधिमा यो आकार बढेर ३२.३८ लाख करोड भारतीय रुपए पुगेको छ ।
यद्यपी, २०१९ को अप्रैलदेखि जुनसम्ममा भारतको जीडीपीको आधार ३५.८५ लाख करोड रुपएको थियो । यी तीन तथ्यांकलाई तुलनामा गरेर हेर्ने हो भने यो वर्षको त्रैमासमा २० प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि हुँदा पनि देशको अर्थव्यवस्था दुई वर्षअघि २०१९ को विन्दुमा समेत पुग्न सकेको छैन ।

निर्माण क्षेत्रमा सफलता

एक अर्को तथ्यांक हेर्न लायक छ । यद्यपी, सरकारको तर्फबाट यस वर्षको त्रैमासिक तथ्यांकसँग अघिल्लो त्रैमासिक तथ्यांकको तुलना हुने गरेको छैन । तर पनि उपलब्ध तथ्यांकका आधारमा यो जानकारी पनि आउने गरेको छ कि यही वर्षको जनवरीदेखि मार्चको तुलनामा अप्रिलदेखि जुनको बीचमा उत्पादमा १७ प्रतिशतले गिरावट आएको छ । यद्यपी हालत यस्तो पनि छैन कि यसलाई लिएर हल्ला गर्नु आवश्यक होस् ।

फेरि पनि यो तथ्यांकमा खुसी हुनुपर्ने के कुरा छ ? सबैभन्दा ठूलो र खुसी हुनुपर्ने कुरा निर्माण क्षेत्रको तथ्यांकमा छ । यस क्षेत्रमा अघिल्लो वर्ष यही अवधिमा ५० प्रतिशतको गिरावट आएको थियो । यो वर्षको पहिलो त्रैमासमा ६८.३ प्रतिशतको वृद्धि आएको छ । अर्थात् अघिल्लो सालको गिरावटलाई घटाउने हो भने पनि निर्माण क्षेत्रको वृद्धिदर १३.३ प्रतिशतको हुन आउँछ ।

निर्माण क्षेत्रमा देखिएको यो वृद्धि खुसीको कुरा किन पनि हो भने यो क्षेत्रले देशको रोजगारीमा ठूलो योगदान गरिरहेको छ । निर्माण क्षेत्रमा तीव्रता आउँदा सिमेन्ट, फलाम, इँटाजस्ता निर्माण सामग्रीको उत्पादन तथा कारोबारसमेत बढ्न जान्छ । यसले ढुवानी व्यसायलाई बढाउँछ । समग्रमा प्रत्येक्ष–परोक्ष धेरै क्षेत्रका आर्थिक क्रियाकलापलाई बढाउँछ ।

त्यस्तै, अर्को ठूलो उछाल प्रशोधन उद्योगमा देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ प्रतिशतको गिरावट आएको यो क्षेत्रमा यो वर्षको सोही अवधिमा ४९.६ प्रशितको वृद्धि आएको छ । अर्थात् वास्तकिकमा १३.६ प्रतिशतको वृद्धि यो क्षेत्रमा देखिएको छ।
प्रशोधन अथ्रत औद्योगिक उत्पादनले पनि रोजगारी बढाउन सघाइरहेको छ । साथै यसमा आएको बढोत्तरीले देशमा यस्ता उत्पादनको माग बढेको र अर्थचन्त्रको पाङ्ग्रा चल्ल थालेको स्पष्ट संकेत समेत दिन्छ ।

अन्य कैयौँ क्षेत्रको तथ्यांक सूचक बढेका छन् तर त्यति धेरै उत्साहित हुनुपर्ने किसिमको भने छैन । जति तीव्रताका साथ गत वर्ष अर्थतन्त्र खुम्चिएको थियो त्यसभन्दा बढी गतिमा खुम्चिएको छैन ।

यद्यपी, जीडीपीको ताजा तथ्यांकको आधारमासरकारका मुख्य आर्थिक सल्लाहाकारले अघिल्लो वर्ष अर्थतन्त्रमा भि आधारको सुधार हुने भनेर गरिएको दाबी पूरा हुँदै गएको साबित गर्ने प्रयास गरिरहेका छन् ।

यसैगरी जुन अर्थशास्त्रीले ‘के आकार’को सुधार अर्थात् कहिँ बढी र कहीँ कम वृद्धि हुने बताएका थिए, उनीहरुको अनुमान पनि सही हुँदै गएको देखिन थालेको छ ।

जस्तोको प्रशोधनमा तीव्र वृद्धि भएको छ भने सेवा क्षेत्रमा हल्का मात्रै सुधार भएको छ । यो पनि चिन्ताको विषय हो । किनभने भारतको अर्थव्यवस्था अब बढीजसो सेवा क्षेत्रमा टिकेको देखिन्छ ।

तेस्रो लहर आयो भने के होला ?

जीडीपीमा सेवा क्षेत्रको योगदान ५० प्रतिशतभन्दा बढी छ । प्रशोधन र निर्माण क्षेत्र, विद्युत, पानी, ग्यासजस्ता अन्य आवश्यक सेवालाई पनि जोड्ने हो भने २५ प्रशितको आसपास पुग्छ । अर्थतन्त्रमा ‘के’ आकारको सुधारको अर्को उदाहरण यहीँ देखिन्छ । यो सरकारको पालामा भारतमा धनी र गरिबबीचको खाडल अझ ठूलो र फराकिलो बन्दै गएको छ । कोरोना महामारीका बाबजुद धनीहरुको सम्पत्ती तिव्र रुपमा बढीरहेको छ ।

अघिल्लो वर्ष मार्चपछि देशका एक सय जना अर्बपतिको सम्पत्तीमा १२ लाख ९७ हजार ८ सय २२ कोरोड पुगेको छ। यदी देशका सबैभन्दा गरिब १३ करोड ८० लाख व्यक्तिमा यो रकम बाँड्ुने हो भने ती गरिब मध्ये प्रत्येकले ९४ हजार भारतीय रुपैयाँ प्राप्त गर्न सक्छन् । यो तथ्य अक्सफामको इनइक्वालिटी रिपार्टबाट सार्वजनिक भएको हो । जीडीपीमाभएको बढोत्तरीले अर्थव्यवस्था पनि त्यही गतिमा सुधार नभएको हुन सक्छ भन्ने तथ्यलाई स्पष्टसँग बुझ्न तपाइँहाम्रो घरको खर्चको तथ्यांकको सहायता लिँदा उपयुक्त हुने देखिन्छ ।

चालू वर्षको पहिलो त्रैमासमा तपाइँ हाम्रो घरमा हुने घरायसी खर्चको हिस्सा जिडीपीको ५५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष देश लकडाउनमा हुँदा पनि त्यतिबेला पनि जीडीपीमा घरेलु खर्चको हिस्सा ५५.४ प्रतिशत थियो । अर्थात् यो मामलामा हालत करिब–करिब उही हो । पहिला जस्तो थियो । अघिल्लो वर्षको पहिलो त्रैमासमा सरकारको खर्च जीडीपीको १६.४ प्रतिशत थियो । जबकी यो पटक जीडीपीमा यस्तो खर्चको हिस्सा १३ प्रतिशतमै समेटिएको छ ।

यो तथ्यांकलाई आधारमा मान्ने हो भने सरकारबाहेक अर्को पक्षको कारोबार धेरै बढेको छ । यसका कारण सरकारी खर्चको हिस्सा जीडीपीमा कम भएको हो ।

कोरोनाको दोस्रो लहर नआएको भए जीडीपीको वृद्धिर अहिलेको भन्दै अझ राम्रो हुने थियो भनेर यी तथ्यांकका आधारमा भन्न सकिन्छ । अब सबैभन्दा ठूलो चिन्ताको विषय भनेको कोरोनाको तेस्रो लहर हो । अर्थतन्त्रको सुधारका लागि कोरोनाको तेस्रो लहरबाट सावधानी सबैभन्दा बढी जरुरी छ ।

बीबीसी हिन्दीबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =