स्वरोजगार कोषको प्रमुखमा विश्वमोहन अधिकारी
२०७८ भदौ १७ गते

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त भएका छन् ।
पूर्ब बैंकरसमेत रहेका अधिकारीलाई बुधबार बसको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत समेत भएका अधिकारीको बैंकिङ क्षेत्रमा २५ वर्षको लामो अनुभव छ । उनी प्राध्यापन पेशामा समेत आवद्ध छन् ।
२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित









