लगानी कोषका योगदानकर्ता र कर्मचारीलाई आरोग्य डाइग्नोष्टिकका सेवामा छुट

काठमाडौँ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ ।

कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. राजेश देवले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायव निर्देशक रोशन जंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारीको उपस्थिति थियो ।

सम्झौता अनुसार उक्त सेन्टरमा कोषका कर्मचारी र उनहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दशँै तिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र ईसीजीमा २०÷२० प्रतिशत, माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलब ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी कोषका सहभागी र उनहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दशँै र तिहारमा ल्याब सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र ईसीजीमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागी भएका योगदान कर्ताहरुले लाभ लिन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =