पञ्चकन्याले मनायो ४९औं वार्षिकोत्सव
२०७८ भदौ १६ गते

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव मनाएको छ । पञ्चकन्याले एक समारोहबीच वार्षिकोत्सव मनाएको हो ।
सोही अवसरमा कम्पनीले वर्षभरमा बढी बिक्री गर्न सफल स्टिल, प्लास्टिक र प्रोफाइल, एसएस वाटर ट्यांक, एलजीएस, रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिन्डर तथा हेभी इक्विपमेन्टका डिलरलाई पुरस्कार र सम्मानसमेत गरेको छ ।
यस अन्तर्गत वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर त्यसैगरी प्लास्टिक डिभिजन अन्तरर्गत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान ट्रेडिङ , बुटवल, तेस्रो प्रसन्न ट्रेडलिङ्क एण्ड सप्लायर्स, बुटवल, साथै एसएस ट्याङ्क विभाग अन्तर्गत प्रथम हुने मयुर फौसेट्स लगाएतकालाई,सम्मान गरिएको थियो ।
२०७८ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








