राजस्व सचिवमा पुष्कर, ३ सचिवको सरूवा
२०७८ भदौ ११ गते

काठमाडौँ । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा र पदस्थापन गरेको हो ।
सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समुहमा रहेका पुष्करलाई राजस्व सचिवमा सरुवा गरिएको हो ।
यसअघिका राजस्व सचिव रामशरण पुडासैनीले उमेर हदका कारण २४ साउनमा अवकाश पाएयता अर्थमन्त्रालयमा राजस्व सचिवको दरबन्दी रिक्त थियो ।
सरकारले सचिव भरतमणी सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरेको छ ।
२०७८ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित









