विद्युतीय भुक्तानी उपकरणमार्फत ५५ खर्बको कारोबार

काठमाडौं । डिजिटल भुक्तानीका उपकरणमार्फत गर्त वर्ष ५४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय भुक्तानीमार्फत उक्त परिमाणको कारोबार भएको नेपाल राष्ट्रले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

आरटीजीएस, एटीएम कार्ड, ईसीसी, आइपीएस, कनेक्ट आईपीएस, डेबिड कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, वालेट, क्यूआर कोड, पीओएस(पोइन्ट आफ सेल्स) र ई–कमर्श जस्ता विद्युतीय(डिजिटल) उपकरणमार्फत गत वर्ष उक्त परिमाणको कारोबार भएको हो ।

कोभिड महामारीको संकट देखिएपछि नेपाली राष्ट्र बैंकले डिजिटल बैंकिङलाई बढावादिन बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई प्रोत्साहित गर्दै आएको छ ।

वस्तु तथा सेवाको खुद्रा कारोबारमा समेत क्यूआर कोडबाट भुक्तानी गर्न राष्ट्र बैंकले अभियानात्मक कार्यक्रम नै चलाउँदै आएको छ ।

विद्युतीय उपकरणमार्फत गरिने कारोबारले समय र श्रमको बचत हुनुका साथै संक्रमण नियन्त्रण र सुरक्षाको प्रत्याभूति समेत दिने भएकोले पछिल्लो समय आम उपभोक्ता समेत भौतिक कारोबारभन्दा ज्यादा डिजितल कारोबारतर्फ आकर्षित भएको देखिएको छ ।

पछिल्लो समय नेपाली बजारमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले पेइमेन्ट गेटवेको सेवा समेत विस्तार गर्दै लगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =