भायानेटको पर्पल प्याक अफर

काठमाडौँ । भायानेटले एनसेलसँगको सहकार्यमा अल ईन वान, भायानेट पर्पल प्याक ल्याएको छ ।
यस अफरअन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरूले १७५ भन्दा बढी च्यानल भएको भायाटीभीसँगै एनसेल सीम सित्तैमा पाउने भायानेटले जनाएको छ ।
यस सीममार्फत् ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् ।
यसैगरी, एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटाजस्ता उत्कृष्ट र उपयोगी सुविधाहरू पनि पाउनेछन् ।
यी सबै सुविधाहरू ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउने कम्पनीले जनाएको छ । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।
सुपर स्पीड इन्टरनेट, मनोरञ्जनका लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्री टकटाइम, एसएमएसलगायतका सुविधा भएकाले यो पर्पल प्याक ग्राहकका लागि राम्रो भएको कम्पनीले जनाएको छ ।








