प्रकाश राजको दोस्रो पटक विवाह
२०७८ भदौ १० गते

काठमाडौँ । भारतीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रो पटक विवाह गरेका छन् । उनले अगस्ट २४ मा उनीहरूको विवाह भएको ११ वर्ष पूरा गरेको अवसरमा पुनः विवाह गरेका हुन् ।
५६ वर्षीय राजको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रकाशले श्रीमतीसँग आफ्ना छोराछोरीकै अगाडि विवाह गरेका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’
प्रकाश राज तेलुगु चलचित्रका साथै बलिउडमा समेत छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् ।
२०७८ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








