‘हामी सबैको वाइवाइ’ जिंगल रिमिक्स प्रतियोगिताका विजेतालाई १ लाख

काठमाडौँ । चौधरी ग्रुपले ‘हामी सबैको वाइवाइ’ जिंगल रिमिक्स प्रतियोगिता २०२१ का विजेतालाई पुरस्कृत गरेको छ । उक्त प्रतियोगितामा उत्कृष्ट १० मध्येबाट छनोटमा परेका इटहरीका सम्राट भट्टराईलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रदान गरेको हो ।
उक्त प्रतियोगिताका लागि नेपालभरबाट सोचेभन्दा बढी ६२ जनाको रिमिक्स जिंगल प्राप्त गरेको थियो ।
उत्कृष्ट १० छनोटमा परेका मध्ये बाट हामी सबैको बाइबाइ जिंगल रिमिक्स प्रतियोगीता २०२१ को विजेता भएका छन् । प्राप्त गर्न हुनेछ १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
बितेको २० वर्षदेखि बाइबाइ नेपाली गीत संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहँदै आएको कम्पनीले जनाएको छ ।
यस्तो परिस्थितिलाई तोड्ने लक्ष्यका साथ बाइबाइले विश्व संगीत दिवस २१ जुन २०२१ को अवसर पारेर हामी सबैको बाइबाइ जिंगल रिमिक्स प्रतियोगीता सञ्चालन गरेको थियो ।
प्रचलनमा रहेको सामाजिक सन्जालको व्यापक प्रयोग गर्दै वाइवाईले युवा वाद्यवादकहरु गायक गायिकाहरु र संगीतकारहरुलाई नेपालभरबाट सहभागीता जनाउन उनीहरुद्वारा रिमिक्स गरिएको मूल जिंगललाई हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगिता पेजमा प्रेषित गर्न आव्हान गरेका थियो । १ महिनासम्म सञ्चालन गरिएको यो प्रतियोगीता गएको जुलाई २१ मा समाप्त भएको थियो।
भिन्न किसिमको प्रतियोगीतालाई सफल बनाउन ख्यातिप्राप्त गायकहरु जेम्स प्रधान, सन्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्री लगायतको सहयोग रहेको वाइवाइ कम्पनीले जनाएको छ ।









