सेबाेन सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य बनेका थिए ।

तर, ढकालले सञ्चालन गरेका कतिपय कम्पनी धिताेपत्र बजारमा सूचीकृत छन् । धिताेपत्र बजारलाई नियमन गर्ने निकाय धितोपत्र बाेर्डकै सञ्चालक समितिमा सूचीकृत कम्पनीका सञ्चालक रहेको भन्दै उनको दोहोरो भूमिकाको आलोचना हुँदै आएकाे थियाे ।

उनले आफू अब बोर्ड सदस्यका रुपमा नबस्ने भन्दै अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेका हुन् । बोर्डबाट ढकाल बाहिरिएपछि उद्योग वाणिज्य महासंघले अर्का व्यक्तिलाई बोर्डको प्रतिनिधित्व गर्न पठाउनु पर्ने छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ढकाल बोर्डको सदस्य हुँदा नै उनको भाइको नाममा खरिद गरिएको भन्दै यसविषयमा पनि विवाद हुँदै आएको थियो ।

सर्वोत्तम सिमेन्टकै सेयर खरिदमा संलग्न भएको विषयमा विवाद भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए।

यो प्रकरणमा मुछिएका सेबोनका अध्यक्ष भिष्मराज ढुंगानाले भने आफूले गल्ति नगरेको र राजीनामा नदिने बताएका छन् । पदबाट बर्खास्त गरिए अदालत जाने समेत उनले बताउँदै आएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =