आरसी कोलाका उत्पादन अब नेपालमा

काठमाडौँ । भेञ्चुरा बोटलर्स प्रालिले उत्पादन गर्ने हल्का कार्बोनेटेड पेय आरसी कोला अब नेपालमा उपलब्ध हुने भएको छ ।

यसको उत्पादनका लागि आवश्य पर्ने कन्सनट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिने कम्पनीले जनाएको छ । मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी प्रविधिमार्फत नेपाली पानीबाट आरसी कोला तयार गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त प्लान्टबामट उत्पादन गरिने आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर अब देशभर उपलब्ध हुनेछन् । उक्त उत्पादनहरु उत्कृष्ट र र विश्वस्तरीय पेय भएको कम्पनीको दाबी छ ।

आरसी कोलाको पुरानो र लोकप्रिय अमेरिकी छवि रहेको एक मौलिक अमेरिकी उत्पादनको स्वाद अब नेपालीले लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आरसी कोलाले विगत १ सय १६ वर्षदेखि विश्वका ६७ देशका उपभोक्तामाझ लोकप्रिय उत्पादन बनेको छ ।

आरसीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको समेत कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =