उखुको भुक्तानी दिन ६ किसान संगठनको चेतावनी

काठमाडौँ । उखु खरिदबापतको बक्यौता रकम भुक्तानी नदिए कडा संघर्षमा उत्रिने ६ किसान संगठनले चेतावनी दिएका छन् । केपी ओली नेतृत्वको सरकारले किसानले उखु बिक्रीबापत चिनी उद्योगीसँग लिन बाँकी बक्यौता रकम असुल उपर गर्न सघाउने बाचा गरेको भए पनि उक्त बाचा पूरा नगरेको र वर्तमान सरकारले उक्त काम गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

अखिल नेपाल किसान महासंघ अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण राणाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

यसअघि सर्लाहीका किसानले काठमाडौंमा आएर पत्रकार सम्मेलन गर्दै उखु किसानको झण्डै ४० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न भदौ ५ सम्मको समय सरकारलाई दिएका थिए । उक्त अवधिमा पनि भुक्तानी नभए आन्दोलनमा उत्रने चेतावनी दिएका किसानले अब आन्दोन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =