नेपाल आइडलका सबै जज फेरिए

काठमाडौँ । चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो  संस्करणका लागि ‘जज’ तय भएका छन् ।

यस संस्करणका लागि शम्भुजित बास्कोटाजजमा सुगम पोखरेल, शुवानी मोक्तान र  रहने पक्का भएको नेपाल आइडलको अफिसियल फेसबुक पेजमा जानकारी दिइएको छ । प्रतियोगिताको यसअघिका तीन संस्करणसम्म अघिल्लो सिजनसम्म कालीप्रसाद बास्कोटा, न्ह्यु बज्राचार्य र इन्दिरा जोशी ‘जज’ थिए ।

प्रतियोगितामा यसपटक कार्यक्रम सञ्चालकमा असिफ साह र रेश्मा घिमिरे रहने भएका छन् । अघिल्लो पटक आसिफ र माम्पीले कार्यक्रम सञ्चालक थिए । नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन सुरु भइसकेको छ ।अडिसन भदौ ३१ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =