सातामा १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य एक सातामा प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन शुक्रबार ८९ हजार ७ सय रुपैयाँ रहेको प्रतितोला सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ९१ हजार २ सय रुपैयाँ पुगेको छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

साताको सुरु दिन आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको थियो । मंगलबार तोलामा १ सय रुपैयाँमा घटेको थियो । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर कारोबार भएको थियो । बुत्रबार तोलामा २ सय रुपैयाँले बढेको सुन बिहीबार पुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी भने सातामा प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =