इयु डेलिगेसनको लघु चलचित्र प्रतियोगिता घोषणा

काठमाडौँ । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रूपमा युनियनले दसौँ संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालमा भर्चुअल रूपमा असोजको १ देखि ९ गतेसम्म यो फेस्टिभलको आयोजना हुन लागेको हो । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका चलचित्रहरू प्रतियोगीको रूपमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा सहभागी हुने चलचित्रकर्मी नेपाली नागरिक हुनुपर्नेछ । साथै, चलचित्र ४० मिनेट वा सो भन्दा कमको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहने चलचित्रकर्मीले नेपालमा बोलिने जुनसुकै भाषाका सन् २०१८ पछि निर्माण गरेका चलचित्रलाई फेस्टिभलमा सहभागी गराउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने चलचित्रकर्मीले आफ्नो चलचित्रलाई एमपी ४ फम्यार्टमा [email protected] मा भदौ १५ गतेसम्म पठाइसक्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने चलचित्रले ५ सय युरो पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =