गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसंख्या

काठमाडौं । नेपालमा बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनस‍ंख्या रहेको अध्ययनले देखाएको छ । बहुआयामिक गरिबीको सूचक प्रतिवेदन (मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स)–२०२१ ले यस्तो तथ्य बाहिर ल्याएको हो । तर, उक्त रिपोर्टले बहुआयामिक गरिबीको रेखामुनि रहेको जनसंख्याको सूचक पत्ता लगाउन सन् २०१९ सम्मको तथ्यतथ्यांक प्रयोग गरेको जनाएको छ । त्यसो हुँदा यो रिपोर्टले सन् २०१९ सम्ममा नेपालको बहुआयामिक गरिबीको रेखामुनि रहेको जनसंख्या १७.४ प्रतिशत रहेको देखाएको हाे ।

तर, त्यसभन्दा ५ वर्षअघि नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्याको दर ३०.१ प्रतिशत थियाे । ५  वर्षमा उक्त दर घटेर १७.४ प्रतिशतमा सीमित भएको हो । रिपोर्टका अनुसार कोभिड–१९ को महामारीपछि भने २ वर्षमा गरिबीको रेखामुनि रहेको जनसंख्या बढेको पनि हुन सक्छ ।

उक्त रिपोर्ट अनुसार ग्रामीण क्षेत्रमा बस्ने मध्ये २८ प्रतिशत र सहरी क्षेत्रमा बस्ने मध्ये १२.३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

प्रदेशहरु मध्ये कर्णाली प्रदेशमा सबैभन्दा धेरै ३९.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि भएको देखिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २५.५ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा यस्तो गरिबीको दर ११.५ प्रतिशतमा झार्ने लक्ष्य आयोगको १५ औं पञ्चवर्षीय योजनाले लिएको छ ।

यस्ताे छ प्रतिवेदन 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =