शबाना र स्मिताले झैँ अभिनय गर्न नपाएको रत्नाको गुनासो

काठमाडौँ । भारतीय कलाकार रत्ना पाठक शाहले एक अन्तर्वार्तामा उनको हालसम्मको यात्रा र उनको करियरको विषयमा बोलेकी छन् ।

साथसाथै उनले शबाना आजमी र स्मिता पटेलले झैँ ड्रामाटिक भूमिका गर्न चाहेको स्वीकारिन् । रत्ना धेरै चलचित्र र टेलिभिजन कार्यक्रमहरू जस्तै मन्डी, मिर्च मसाला  र भारत एक खोज लगायतमा देखा परेकी छन् ।  उनको पहिचान भने आफ्नो रुचिभन्दा फरक रूपमा टेलिभिजनमा हास्य कलाकारको रूपमा भयो । उनको चर्चित शो ‘इधर उधर’ १९८५ देखि १९८८ सम्म  चलेको थियो ।

रत्नाले भनिन्, ‘जब मैले असिको दशकमा मेरो करियर सुरु गरेँ, मैले महिलाहरू मा लेखिएका धेरै भूमिका गरेँ। शबाना आजमी, स्मिता पटेलजस्ता ड्रामाटिक भूमिकाहरू मलाई पनि गर्न मन थियो । तर मैले त्यो अवसर पाइनँ । ‘ईधर उधर’ जसका कारण मेरो र मेरो जीवन साथै कामप्रति मेरो दृष्टिकोण परिवर्तन भयो । म धेरै भाग्यमानी थिएँ किनभने मेरो ‘करियर लामो समय सम्म चल्यो ।’

रत्ना थप्छिन्, ‘मैले वर्षौँदेखि कुनै आकर्षक काम पाएको छैन । मानिसहरूले मलाई कास्ट गर्न लायकको ठानेनन् । तर एक तरिकाले यो मेरो लागि राम्रो प्रमाणित भयो किनभने यही कारण नै मैले टेलिभिजनमा काम गर्न छोडेँ । मैले पहिलो पटक पैसाका लागि ‘ईधर उधर’ नामक एक टेलिभिजन कार्यक्रम गरेँ  ।

मैले यहाँ म राम्रो रोल पाउँछु भन्ने सोचेकी थिएँ । जवान पनि छु । मैले नाटकीय भूमिका निभाउन पाउनेछु । तर मैले एक हास्य कलाकारको रोल पाएँ । अन्तमा मलाई यही भूमिकाले दर्शक माझ चिनायो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =