नेपाल आइडलको डिजिटल अडिसन शुरु

काठमाडौँ । गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको डिजिटल अडिसन सुरु भएको छ ।

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करण आज (मंगलबार)बाट सुरु भएको हो । डिजिटल अडिसनपछि छनौटमा परेकाहरूलाई फिजिकल अडिसन सञ्चालन गरी सहभागी गराइनेछ ।

डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको यसको चौथो संस्करणमा निर्णायक को हुने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

अडिसन दिनका लागि आफ्नो मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।  त्यसपछि अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नै स्वरमा गाएको दुईवटा फरक विधाका गीत अपलोड गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =