ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा रेग्मी
२०७८ साउन ३२ गते

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई १ भदौदेखि लागू हुने गरी नायव सीईओमा बढुवा गरेको हो ।
२०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंक प्रवेश गरेका रेग्मी अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला, खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
३० दशक लामो बैंकिङ करिअरको अनुभव सम्हालेका रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।
बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा विज्ञ मान्छिन् ।
२०७८ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित









