प्रकाश राजको शल्यक्रिया सफल

काठमाडौँ । भारतीय सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । उनको अगस्ट १० मा दुर्घटनामा परी हात भाँचिएको थियो ।

बुधबार हैदराबादको एक अस्पतालमा उनको शल्यक्रिया भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । राजले आफ्ना डाक्टर साथी गुरुवा रेड्डीबाट शल्यक्रिया गराएका हुन् ।

प्रकाश राजले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका छन् ।  प्रकाशले तस्बिर सेयर गर्दै, ‘डेभिल इज ब्याक… शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर लेख्दै अस्पतालको शय्यामा रहेको तस्बिर सेयर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =