कुलमानले प्राधिकरणमा गरे पदबहाली
२०७८ साउन २७ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङले बदबहाली गरेका छन् ।
घिसिङ दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् । यसअघि पहिलो ४ वर्षे कार्यकाल पूरा गरी घिसिङ २०७७ भदौ २८ गते प्राधिकरणबाट अवकाश भएका थिए ।
पहिलो कार्यकालमा उनले प्राधिकरणको व्यवस्थापनमा देखाएको कुशलताका कारण सरकारले उनलाई दोस्रो पटक पनि प्राधिकरणमा ल्याएको हो ।
प्राधिकरणका कर्मचारीले पदबहाली कार्यक्रममा कुलमानलाई स्वागत गरेका छन् ।



२०७८ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित









