आफ्नै लाग्छन् कुलमान : दीपकराज

काठमाडौँ । कुलमान घिसिङ दोस्रो पटक नेपाल विद्युत् प्राधिकरणमा नियुक्त भएसँगै मानिसहरूले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत कुलमानलाई बधाई दिएका छन् । उनले आफ्नो आफन्त नपरे पनि कुलमान आफ्नैजस्तो लाग्ने बताउँदै उनको पुनरागमनले खुसी लागेको उल्लेख गरेका छन् ।
उनी लेख्छन् : कुलमान … न काका बाउका छोरा !
न आमा पट्टीका न मामा पट्टिका भने जस्ता ,
तैपनि किन किन आफ्नै जस्ता लाग्ने !
उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो ! उफ्रियो !! यसको मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाँक्न सक्दैन भनेर पनि होइन, आज पनि म कहिलेकाहिँ त्यो कालो अँध्यारो र चिसो रातहरूलाई सम्झन्छु, त्यति बेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो ! करिब एक दशक त्यस्तो निरस र कष्टकर जीवन बिताउन बाध्य भइयो !!!
आज ती दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि… हामी भावनात्मक छौँ, दिमागले मात्रै होइन‚ मनले पनि सोच्ने गर्छौँ‚ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस् भन्ने लागेको हो तर‚ त्यो त्यतिबेला सम्भव भएन
तर आज ढिलै भए पनि उनको पुनः आगमनले मजस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ !!
राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ !!
स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ भने राम्रो कामको तारिफ गरिन्छ !!
यो नियुक्तिको निर्णय बिलकुल जनप्रिय निर्णय हो ,
सरकार लाई धेरै धेरै धन्यवाद! कुलमानजी लाई बधाई !!
जय नेपाल !!!








