संसदमा आर्थिक श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र प्रस्तुत गरिरहेका छन् । सरकार परिवर्तन भएसँगै देशको वर्तमान आर्थिक अवस्थाबारे स्पष्ट पार्ने उद्देश्यले मन्त्री शर्माले आर्थिक स्वेतपत्र प्रस्तुत गरेका हुन् ।

आर्थिक श्वेतपत्रमा उल्लेख गरिएका आर्थिक सूचकहरुलाई सुधार गर्ने गरी सरकारले काम सुरु गर्ने उनले बताएका छन् । श्वेतपत्रले सरकारका आगामी कदमबारे समेत स्पष्ट पार्ने जनाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अर्थशास्त्री सुरेन्द्र उप्रेती लगायतको समूहलाई मन्त्री शर्माले श्वेतपत्र तयार पार्न लगाएका थिए ।

यसअघिका सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि अर्थमन्त्रालयको नेतृत्व सम्हालेलगत्तै संसदमा आर्थिक श्वेतपत्र जारी गरेका थिए । तर, उनले आफ्नो श्वेतपत्रमा वितगका आर्थिक सूचकहरुलाई निकै कमजोर देखाइएको भन्दै विरोध भएको थियो ।

अर्थमन्त्री शर्माले धेरै जसो सूचकहरुलाई ३ आर्थिक वर्षको तथ्यांकको आधारमा तुलना गर्दै प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =