भारतीय अभिनेत्री सरन्या शशिको निधन
२०७८ साउन २६ गते

एजेन्सी । भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ वर्षीय उनको ब्रेन ट्युमर भइरहेको अवस्थामा भएको कोरोना सङ्क्रमणका कारण सोमबार (हिजो) निधन भएको हो ।
लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक शल्यक्रिया गरिएको थियो । उपचारकै क्रममा उनी यो वर्ष कोरोना सङ्क्रमितसमेत हुन पुगेकी थिइन् ।
कोरोना ठिक भए पनि उनको स्वास्थ्य अवस्था भने अझ बिग्रिएको थियो । यही बिग्रिएको स्वास्थ्य अवस्था उनको निधनको कारण बनेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
कन्नुर जिल्ला निवासी उनले केही फिल्म तथा टेलिभिजनमा काम गरेकी छन् ।
२०७८ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








