निरुताले सम्झिइन् श्रीकृष्ण श्रेष्ठ
२०७८ साउन २६ गते

काठमाडौँ । साउन २५ गते (हिजो) अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ७ वर्ष पूरा भएको छ । उनको स्मृति दिवसमा उनकी सहकर्मी अभिनेत्री निरुता सिंहले सम्झिएकी छन् ।
धेरै चलचित्रमा श्रीकृष्णसँग सहकार्य गरेकी निरुताले ‘आफ्नो घर‚ आफ्नो मान्छे’ चलचित्रका केही तस्बिर सार्वजनिक गर्दै सम्झिएकी हुन् । उनले प्यारो दाइ सम्बोधन गर्दै उनी सदैव मनमा अमर रहने बताएकी छन् ।
श्रीकृष्णको श्वेता खड्कासँग विवाह भएको एक महिना नबित्दै निधन भएको थियो । उनको तस्बिर कोठामा सजाउन दिने केटा खोजेर विवाह गर्ने बताउँदै आएकी उनले विजयन्द्र सिंह रावत सँग लगनगाँठोसमेत कसिसकेकी छन् । यस्तोमा उनले यस पटक सामाजिक सञ्जालमा श्रीकृष्णलाई सम्झिएको भने देखिएन ।
२०७८ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








