कुलमान नियुक्तीकाे प्रस्ताव मन्त्रिपरिषद् लैजाने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा लाने तयारी भएको बुझिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको सचिवालय स्रोतले दिएको जानकारी अनुसार मन्त्री भुसालले सोमबारको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव लैजाने तयारी भएको हो ।

हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणबाट सम्मानजनक बहिर्गमन चाहेको बताएपछि शाक्यलाई विशेष श्रेणीको सेवा सुविधा दिनेगरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणमा नियुक्त गर्ने प्रस्ताव मन्त्री भुसालले तयार गरेको सचिवालय स्रोतको भनाइ छ ।

प्राधिकरणको वार्षिक उत्सव १ भदौमा पर्ने भएकोले वार्षिक उत्सवअघि कार्यकारी निर्देशक परिवर्तन नगर्ने सोचमा मन्त्री भुसाल पुगेको भए पनि कार्यकारी निर्देशक शाक्यले पछिल्लो समय सञ्चार माध्यममा विभिन्न टिप्पणी गरेपछि असन्तुष्ट मन्त्री भुसालले यस्तो प्रस्ताव तयार पारेको बुझिएको छ ।

यसअघि नै कार्यकारी निर्देशक निर्देशक घिसिङलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्रीकै उपस्थितमा ऊर्जामन्त्री भुसालले प्राधिकरणकबाट राजीनामा दिएर नयाँ नेतृत्वको लागि बाटो खुला गर्न निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =