हनी सिंहविरुद्ध पत्नी शालिनीको मुद्दा
२०७८ साउन २३ गते

एजेन्सी । चर्चित भारतीय र्यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । उनले मुद्दामा क्षतिपूर्तिको मागसमेत राखेकी छन् । शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियमअन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
केही दिन अघि शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनीलाई २८ अगस्टसम्म जवाफ पठाउन भन्दै सूचना जारी गरेको छ । उनको मुद्दा दर्ता भएपछि कोर्टले शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।
२०७८ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








