अमनले छोडे हिमालयन रोडिज‚ सिमोसले निर्देशन गर्ने

काठमाडौँ । चर्चित रियालिटी सो हिमालय रोडिजको चौथो सिजनमा निर्देशक परिवर्तन भएका छन् । अमन प्रताप अधिकारीले निर्देशन गर्दै आएको सिजनलाई यस सिजनमा सिमोस सुनुवारले निर्देशन गर्ने भएका हुन् ।

अघिल्ला तीनवटै सिजन निर्देशन गरेका अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गर्दै चौथो सिजनमा आफू नहुने बताएका थिए । योसँगै निर्माण टिमले सिमोसलाई निर्देशकमा अनुबन्धित गरेको हो ।

दशैँअघि प्रशारण आरम्भ हुने तयारी रहेको छ । निर्देशक फेरिएपछि निर्णायकहरू भने यथावत् रहनेछन् । अनुप विक्रम शाही, आशिष राना ‘लाहुरे’, दिया मास्के, समन श्रेष्ठ र रेमनदास श्रेष्ठ रोडिजका निर्णायक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =