कलाकार मुकुन्द थापाको घाँटीको अपरेसन हुँदै

काठमाडौँ । कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीमा समस्या देखिएको कारण उनी मङ्गलबार ललितपुरको नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।

घाँटीभित्र गिर्खा पलाएको कारण उनको बुधवार आज थाईराईड ग्लाईनको अपरेसन हुने पारिवारिक स्रोतले जानकारी गराएको छ । थुप्रै नेपाली चलचित्रमा भिलेनको रूपमा अभिनय गरेका थापा पछिल्लो समय चलचित्र ‘आधि तुफान २’ मा अभिनय गर्दै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *