पोखराका होटल व्यवसायीले कोरोना खोप मागे

पोखरा । पोखराको पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन पश्चिमाञ्चल होटल संघले माग गरेको छ । अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरि कोरोना महामारीले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको भन्दै यसलाई चलायमान बनाउने योजना सार्वजनिक गर्न आग्रह गरे ।

पोखराको पर्यटन कोरोना संक्रमण र लकडाउनका कारण थिलथिलो भएको छ । पर्यटनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार भन्दा बढी आश्रित छन् । ३० हजार हाराहारी प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । उनीहरुलाई खोप उपलब्ध गराउन व्यवसायीको आग्रह छ ।

यहाँका व्यवसायीहरुले अघिल्लो महिना भ्याक्सिन नपाउँदा सम्म व्यवसाय सुरु नगर्ने चेतावनी दिएका थिए । तर व्यवसाय भने विस्तारै खुल्दै छ । प्रतिनिधिहरुले मन्त्री मण्डलसँग भेटघाट गरेर खोप मागेका छन् । पोखराका व्यवसायीलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता पाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =