‘क्या जमाना आ’ को दोस्रो सिजन तयार
मकालु खबर
२०७८ साउन १८ गते
काठमाडौँ । हास्य शृङ्खला ‘क्या जमाना आ !’ को दोस्रो सिजन आउने भएको छ । दोस्रो सिजनको फर्स्ट लुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । धतुरे बाको नामबाट परिचित कलाकार सिपी पुडासैनीको लेखन तथा निर्देशन यस शृङ्खलामा रहेको छ ।
केशव सापकोटा शृङ्खला निर्देशक रहेको शृङ्खलामा सिपी पुडासैनी, शेखर चापागाईँ, केशव सापकोटा, सीताराम दाहाल, जगदीश अधिकारी, ज्योत्स्ना सुवेदी, दिपु खड्का, आयुष लामा, रश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ ।
शर्मिला चौलागाईं निर्माता रहेको शृङ्खला माता पिता प्रोडक्सनले तयार पारेको हो ।
मकालु खबर
२०७८ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित