सेलिनाले नकारिन् राज कुन्द्रासँगको सम्बन्ध

एजेन्सी । सेलिना जेटलीले राज कुन्द्राको एप हटसट्सको कामका लागि गएको खबरका विषयमा स्पष्ट पारेकी छन् । उनका प्रवक्ताले सेलिनाको राजसँग कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । शिल्पा शेट्टीको एप जेएल स्ट्रीमको लागि उनीसँग सम्पर्क गरिएको भए पनि उनी त्यसमा पनि रहेको बताइएको छ ।

उनका प्रवक्ताका अनुसार सेलिनालाई शिल्पा शेट्टीको एप जेएल स्ट्रीमको लागि सम्पर्क गरिएको थियो । उनीहरूले हटसट्सको लागि सम्पर्क गरेका थिएनन् । उनलाई हटसट्सको विषयमा केही पनि थाहा थिएन । शिल्पा सेलिनाकी साथी भएको कारण उनलाई अन्य बि-टाउनका अभिनेत्रीहरूसँगै प्रस्ताव गरिएको थियो । सेलिनाले अन्य कामका कारण नभ्याउने भएपछि काम गर्न अस्वीकार गरेकी थिइन् ।

सेलिना जेटलीको विवाह अस्ट्रियन होटेल व्यवसायी पिटर हागसँग भएको हो । मार्च २०१२ मा उनीहरूका जुम्ल्याहा छोरा जन्मिएका छन् ।

त्यस्तै २०१७ मा जेटलीले फेरि जुम्ल्याहा छोरालाई जन्म दिइन् । जसमा एकको भने मृत्यु भइसकेको छ । पछिल्लो पटक जी-५ को शोमा देखिएकी सेलिनाकी आमा उनलाई अभिनयमा फर्किएको हेर्न चाहन्छिन् ।

मुम्बईको उच्च अदालतले राज कुन्द्रालाई १४ दिने न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीका अनुसार २०२० को अगस्ट र डिसेम्बरको बिचमा राज कुन्द्राले पोर्न भिडिओ उत्पादन र अनलाइन वितरण व्यवसायबाट करिब १.१७ करोड भारतीय रुपैयाँ कमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =