राज कुन्द्रा थप १४ दिन हिरासतमा रहने
मकालु खबर
२०७८ साउन १२ गते
एजेन्सी । भारतीय व्यवसायी राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । अश्लील चलचित्र निर्माण र रिलिज गरेको घटनाबारे थप अनुसन्धानका लागि अदालतले थप समय हिरासतमा राख्न आदेश दिएको हो ।
अदालतले कुन्द्राको दुईवटा बैंक खाता पनि रोक्का गरेको छ ।
कुन्द्राको घटनामा उनकी श्रीमती भारतीय अभिनेत्री शिल्पा शेट्टीको कुनै संलग्नता नदेखिएको भन्दै पुनः सोधपुछ हुने सम्भावना नरहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
शिल्पाले हालै कुन्द्राको कम्पनीबाट राजीनामासमेत दिएकी छन् ।
मकालु खबर
२०७८ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित