हिमालपारी पुग्यो कोरोनाको खोप

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा कोरोनाविरुद्धको खोप पुगेको छ । लक्षित समूहका सबैलाई पुग्नेगरी खोप लगिएको हो । गण्डकीको मनाङ र मुस्ताङमा सबै नागरिकलाई पुग्ने खोप पठाइएको हो ।

बाढी पहिरोको उच्च जोखिमका बीच जिल्लामा खोप भित्रिएको सांसद इन्द्रधारा विष्टले जानकारी दिए । उनका अनुसार चौतर्फी दबाबका कारण जिल्लाका सबैले पाउने गरी खोप लगिएको हो ।

‘जनसंख्या थोरै छ । एउटै घरमा कसैले पाउने, कसैले नपाउने भयो,’ उनले भने, ‘सबैतिरबाट दबाब गएपछि सबै नागरिकलाई पुग्नेगरी खोप पठाइएको हो ।’ विष्टका अनुसार १८ वर्षदेखि माथिका सबै उमेर समूहले पाउनेगरी खोप उपलब्ध भएको हो । पूरा खोप नपाएपछि एक साता अघि लगिएपनि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

मुस्ताङका लागि मात्रै ६ हजार ५ सय डोज जोन्सन एन्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराइएको छ । आइतबारदेखि नै खोप कार्यक्रम धमाधम चलिरहेको छ ।

चीनसँग सीमा जोडिएको लोमान्थाङलाई १ हजार ५० डोज र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई ९ सय डोज खोप उपलब्ध गराएको हो ।

वारागुङ मूक्तिक्षेत्र, घरपझोङ र थासाङ गापालाई समान १ हजार दुई सय डोजका दरले एउटै कम्पनीको खाप लगिएको छ । जोन्सन एन्ड जोन्सन कम्पनीको खोप एक डोजमात्रै लगाए पुग्छ । अहिले उपलब्ध खोपले ९० प्रतिशत नागरिकलाई पर्याप्त हुन्छ । मुस्ताङमा यसअघि फ्रन्टलाइनरहरुलाई कोभिसिल्ड खोप पनि लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =