सुपर डान्सको छायाङ्कनमा पुगिनन् शिल्पा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा चर्चित व्यवसायी राज कुन्द्रालाई सोमबार राति मुम्बई अपराध शाखाले पक्राउ गरेको थियो । कुन्द्रालाई अश्लील चलचित्रहरू बनाउने र तिनीहरूलाई एप मार्फत देखाएको आरोप छ ।

मुम्बई अपराध शाखाका अनुसार राजविरुद्ध यस वर्षको फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । कुन्द्राले अश्लील चलचित्र उद्योगमा ८ देखि १० करोड रुपैयाँ लगानी गरेको बताइएको छ । राज पक्राउ परेपछि शिल्पा दुखी भएकी छन् । मिडिया रिपोर्टका अनुसार उनले मङ्गलवार डान्स रियालिटी शो सुपर डान्सरको छायाङ्कनमा समेत पुगिनन् ।

उनी यस शोमा सेलिब्रेटी जजको भूमिकामा देखिने गरेकी छन् । स्रोतका अनुसार सोमबारसम्म शिल्पाले सुपर डान्सर ४ का दुई एपिसोड छायाङ्कन गर्ने निर्णय गरेकी थिइन् । तर सोमबार राति राजको पक्राउ भएपछि शिल्पाले छायाङ्कनको हिस्सा नबन्ने निर्णय गरिन्  ।

तर शिल्पा छायाङ्कनमा नआएको कारण शोको छायाङ्कन भने प्रभावित भएको छैन । शिल्पा बाहेक अरू दुई जज गीता कपूर र अनुराग बासुको छायाङ्कन चलिरहेको छ । यसअघि पनि शिल्पाको सम्पूर्ण परिवारलाई कोरोना सङ्क्रमण भएको थियो । त्यसैले सुपर डान्सर ४ को छायाङ्कन शिल्पाबिना नै गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *