सदरमुकाम चामेसँग माथिल्लो मनाङको सम्पर्क टुट्यो

पोखरा । मनाङको सदरमुकाम चामे र माथिल्लो क्षेत्रको सम्पर्क टुटेको छ । मर्स्याङदी नदीमा बढेको बहावका कारण सदरमुकाम चामे स्थित झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङको सम्पर्क बन्द भएको हो ।

‘नदीले धार फेरेको फेर्‍यौ छ । झोलुंगे पुलको चामेतिरको जीप बग्यो,’ सिँचाई डिभिजन कार्यालयका प्रमुख ढाकाराम आचार्यले भने, ‘अब उताका मान्छे सदरमुकाम आउने र सदरमुकामबाट माथिल्लो मनाङ जाने बाटो बन्द भयो ।’

नजिकै रहेको मोटरेवल बेलिव्रिज पानीले पहिले नै पुरेर बगेको छ । तत्कालै पुल निर्माण वा बैकल्पिक व्यवस्था नभए माथिल्लो क्षेत्रमा खाद्यान्न लगायत समस्या देखा पर्ने उनको भनाई छ । मनाङ ङिस्यांग गाउँपालिकासहित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जान यहि पुल तरेर जानुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =