विक्कीलाई सिक्किमका मुख्यमन्त्रीको पाँच लाख सहयोग
२०७८ साउन १ गते

काठमाडौं । रियालिटी शो ‘द कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले पाँच लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । गोलेले विक्कीका अभिभावकलाई भेटेर उक्त रकम सहयोग गरेका हुन् ।
भोटबाट सर्वोत्कृष्ट कमेडियन छनोट हुने भएकाले सिक्किमका विक्कीका लागि उनले सहयोग गरेका हुन् । सिक्किममा विक्कीलाई भोट गर्न अभियानसमेत चलाइएको छ ।
विक्की च्याम्पियनको टप ७ मा पुगेका छन् ।
२०७८ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








