टिका सानु छायाङ्कनको क्रममा घाइते

काठमाडौँ । लोक तथा दोहोरी गायिका टिका सानु घाइते भएकी छन् । म्युजिक भिडिओ छायाङ्कनका क्रममा लडेर उनी घाइते भएकी हुन् । उनको खुट्टामा चोट लागेको छ ।

सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘जिन्दगीमा सोचेका कुराभन्दा धेरै त नसोचेका कुराहरू हुँदा रहेछन्‚ आजको सुटिङ सकिनै लाग्दा सामान्य हिँड्दा हिँड्दै लडेर खुट्टा फ्याक्चर भएको छ । चाँडै काममा फर्किन सक्दिनँ होला ।’

अहिले उनको अवस्था सामान्य रहेकाले उनी आराम गरिरहेकी छन् । काममा फर्किन केही समय लाग्ने भएकाले सबैमा पर्न जाने क्षतिप्रति उनले माफी पनि मागेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =