मुडा प्रहार गरी पतिको हत्या

दैलेख । दैलेखमा मुडा प्रहार गरी पतिको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई प्रकाउ गरेको छ ।

प्रहरीका अनुसार मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुशिला मल्ललाई पक्राउ गरिएको हो ।

सुशिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोस्ट लोहोरेबाट खटिएको प्रहरीले सुशिलालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =