इन्भेष्टमेन्ट बैंक युराेमनि एक्सिलेन्स अवार्डबाट सम्मानित
मकालु खबर
२०७८ असार ३१ गते
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक ‘युरोमनि मनि अवार्ड फर एक्सीलेन्स २०२१’ बाट सम्मानित भएको छ ।
बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि बैंकले २०१८ मा यो अवार्ड पाएकाे बैंकले जनाएको छ ।
युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको जनाएको छ।
सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ उद्योगमा सुरु गरिएको पहिलो अवार्ड रहेको जनाएको छ ।
यस अवार्ड विश्वको १०० वटा देशमा सञ्चालन हुने गरेको छ । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहकप्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ ।
बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालय, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७८ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित