ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच व्यवसायिक सहकार्यको सम्झौता भएको छ ।

नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल एशोसियसन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका तर्फबाट नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्नेछ ।

साथै ज्योति विकास बैंकले नाट्टाअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू समेत प्रदान गर्ने सहमति भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =