दियाका छोरा आइसीयूमा
२०७८ असार ३० गते

नयाँ दिल्ली । भारतीय अभिनेत्री दिया मिर्जा दुई महिनाअघि आमा बनिन् । उनले मे १४, २०२१ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी हुन् । अहिले भने उनले छोराको नाम सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् छोराको नाम अव्यान आजाद रेखी राखेको बताएकी छन् ।
दियाले सामाजिक सञ्जालमा आफ्नो छोराको विषयमा एक लामो पोस्ट सार्वजनिक गरेकी छन् । उनी लेख्छिन्, ‘छोरा अव्यान दुई महिनाअघि जन्मेको थियो । र, आजसम्म पनि ऊ अस्पतालको आइसियूमा नै रहेको छ ।’
दियाका अनुसार गर्भावस्थामा उनमा आएको केही समस्या र ब्याक्टेरियाको सङ्क्रमणका कारण बच्चाको ज्यान खतरामा थियो । त्यसै कारण समय नै नपुगी बच्चालाई डाक्टरले आमाको पेटबाट निकालेका थिए ।
दियाले आफू छोरालाई घर लैजान आतुर रहेको बताएकी छन् । साथै परिवारको नयाँ सदस्यलाई सबैले घरमा पर्खिरहेका छन् ।
२०७८ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








