बर्षगाँठमा दम्पतीले दिए बिमा पोलिसी उपहार

बुटवल । आफ्नो बैबाहिक जीवनको २७औँ बर्ष पूरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन् ।
बुटवल-३ का अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई ५०/५० लाखको बिमा पोलिसी दिई आफ्नो बर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।
लामो समयदेखि समाजसेवामा गर्दै आएका श्रीमान सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापकलगायत विभिन्न बित्तिय क्षेत्रमा रहेका छन् । लामो समयदेखि बिमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् ।
अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफूले खरिद गरेका सबै बिमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफूले बिमा गरेको रकम र बोनस फिर्ता लिएपछि पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफूलाई यो पोलिसी मनपरेको बताए ।








