कामना सेवा विकास बैंक र एनआईबीएलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।

कामना सेवा विकास बैंक लिमिटेडले हजार रुपैयाँ अंकित दरका दश लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘कामना सेवा विकास बैंक डिबेञ्चर’ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न रहेको बैंकले जनाएको छ ।

ग्राहकहरुलाई समय सापेक्ष उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखा कार्यालयहरू र एउटा एक्सटेन्सन काउन्टर तथा ७० वटा एटिएममार्फत् आफ्नो सेवाहरू प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =