नबिल बैंकको अफर : स्मार्ट बैंक तथा लकरमा ३७ दिन छुटैछुट

काठमाडौं ।  नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ दिन भरी छुटै छुट’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नया“ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिलआई कार्ड , नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =