ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष श्रीमती रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले एफवीनमा आवद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ ।

साथै ज्योति विकास बैंकले एफवीन अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने जनाएको छ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्ने जनाएको छ ।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त एफवीनसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =