गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

पोखरा । गण्डकी प्रदेशमा कोरोनाको नयाँ प्रजाति (न्यू भेरियन्ट) देखा परेको छ । स्याङ्जा र गोरखाका संक्रमितहरुमा नयाँ भेरियन्ट फेला परेको हो ।

गोरखा बारपाक सुलिकोटका ३ महिला र स्याङ्जा कालिगण्डकीका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा पीसिआर परीक्षण गर्दा संक्रमण देखिएका ५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

जीन सिक्वेसिङ गर्न पठाइएका स्वाबस्वाबमा डेल्टा भेरियन्ट प्रमाणित भएको स्वास्थ्य निर्देशनालयका आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यो संक्रमण अरु भेरियन्टभन्दा बढी हुने भएकोले सजगता अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =