रियलमी ७ र सी १२ को मूल्य घट्यो

काठमाडौँ | रियलमी ७ र सी १२ को मूल्य घटेको छ । रियलमीले नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो । उच्च सेन्सर साइजद्धारा नेतृत्व गरिरहेको उद्योगले रियलमी ७ मुख्य लेन्स ६५ एमपीको उच्च रिजोलुशनका साथ ल्याएको छ जसमा सुक्ष्म र गहिरो सेन्सर उपलब्ध रहेको छ ।

ठूलो ब्याट्री क्षमताले गर्दा ब्याट्री चार्ज सक्किने तनावकोसमस्या समाधान गर्न सक्दछन् र ५००० एमएएच ब्याट्री रहेको रियलमी ७ ले उत्कृष्ट ब्याट्री अनुभूति प्रदान गरेको छ । यसको विशेषता  ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ । यो ब्याट्री र चार्जिङ क्षमता हेलियो जी ९५ गेमिङ प्रोसेसरद्धारा सञ्चालित रहेकोमा जसको अक्टा कोर एसओसी बेन्चमार्क एनटुटुमा ३० हजार रहेको जनाएको छ ।

मूल्य घटेपछि अब रियलमी ७ को मूल्य रू. ३२,९९० मात्र निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ । यसैगरी रियलमी सी १२ अब केबल रू. १४,९९० मात्र मा पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको कम्पनीले जनाएको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा उपलब्ध कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *