मुम्बई फर्किइन् अभिनेत्री अदिति

काठमाडौं । अभिनेत्री अदिति बुढाथोकी भारत फर्किएकी छन् । चलचित्र ‘बाबरी’को छायांकन कहिलेबाट सुरु हुने पक्का नभएपछि उनी मुम्बई फर्किएकी हुन् । गत वैशाखको सुरुवातमा पूर्वका विभिन्न जिल्लाहरूमा छायांकन भइरहेको चलचित्र निषेधाज्ञा लागु भएसँगै रोकिएको थियो ।

सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि छायांकन कहिले सुरु गर्ने पक्का नभएका कारण अदिति  मुम्बई पुगेकी हुन् ।

मुम्बईमा बसेर मोडलिङ गरिरहेकी उनी काममा निरन्तरता दिन नेपालबाट भारत गएकी हुन् । ‘कृ’बाट अभिनय यात्रा सुरु गरेकी उनले आफ्नै आमाको लगानीमा बनेको ‘बाबरी’ मार्फत कम ब्याकको योजना बनाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =